Rule 177
जिल्ला शिक्षा कोषको सञ्चालन र अन्य व्यवस्था
(१) नेपाल सरकारबाट विद्यालयको लागि प्राप्त अनुदान रकम जिल्ला शिक्षा समितिले चौमासिक रुपमा विद्यालय कोषमा पठाउनेछ ।
(२) नेपाल सरकारबाट जुन कामको लागि रकम निकासा भएको छ जिल्ला शिक्षा समितिले सोही कामको लागि मात्र रकम खर्च गर्नु पर्नेछ ।
(३) नेपाल सरकारबाट प्राप्त अनुदान रकम बाहेक जिल्ला शिक्षा कोषमा प्राप्त अन्य रकम जिल्ला शिक्षा समितिको निर्णय बमोजिम खर्च गरिनेछ ।
(४) जिल्ला शिक्षा कोषको सञ्चालन जिल्ला शिक्षा अधिकारी र जिल्ला शिक्षा कार्यालयको लेखा अधिकृत वा लेखापालको संयुक्त दस्तखतबाट हुनेछ ।
(५) जिल्ला शिक्षा कोषमा जम्मा भएको रकमको लेखा अद्यावधिक राख्ने र लेखापरीक्षण गराउने काम जिल्ला शिक्षा अधिकारी र लेखाको काम गर्ने कर्मचारीको हुनेछ ।